News

Card image cap

Good Clinical Laboratory Practices

2024-08-05 7 AM Pokhara

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय , स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजले BSc MLT कार्यक्रमको चौथौ वर्ष र MSC. MM/MB कार्यक्रमको तेस्रो वर्षमा  अध्ययनरत विद्यार्थीहरुका लागि Good Clinical Laboratory Practice (GCLP) कार्यक्रम  मिति २०८१-०४-२१ र २२ गते, पोखरामा सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्टज्यूले  ल्यावले दिने रिपोर्टको आधारमा विरामीको उपचार प्रक्रिया अगाडि बढ्ने र त्यसकै आधारमा समग्र स्वास्थ्य प्रणली सञ्चालन रहेको यथार्थ औल्याउदै ल्यावको आधुनिकिकरण गर्ने, ल्यावको लागि आवश्यक सामाग्री तथा उपकरणको उचित व्यवस्थापन गर्ने,  विद्यार्थीहरुको लागि प्रयोगात्मक ज्ञानको दायरा बढाउने र उनिहरुको अन्र्तनिहित प्रतिभालाई प्रष्फुटित पार्दै विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने विषय स्कूलको प्राथामिकतामा रहेको बताउनु भयो । साथै उहाँले सुचना प्रविधिको प्रयोग गदै खोजमुलक अनुसन्धानमा लागिरहन विद्यार्थीलाई आग्रह समेत गर्नु भएको थियो ।

उक्त दुई दिने कार्यशालाका विविध पक्षको बारेमा प्रा.डा.विष्णु राज तिवारी, प्रा.डा शिव कुमार राई,  डा. निरञ्जन श्रेष्ठ, उमेश प्रसाद गुप्ता, डा. सुरेश जैसवाल , राजु पाण्डेय लगायतले आफ्नो आफ्नो विषयमा प्रस्तुतिकरण दिनु भएको थियो । कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ताले ल्याव हस्पिटलको मेरुदण्ड भएको र ल्यावले दिने रिर्पोट Accurate र Reliable हुन अति आवश्यक रहेको हुदाँ यस्ता कार्यक्रमले ल्याव व्यवस्थापन  सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भयो ।  उक्त कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको  उपस्थिति रहेको थियो साथै कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरि कार्यक्रम समापन गरिएको थियो ।

Share