News

Card image cap

Oath Taking Ceremony

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय , स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज अन्तगर्तको बि. एस्सी नशिङ्ग कार्यक्रममा चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाबाट छनौट भई  भर्ना भएका १५ औ ब्याचका विद्यार्थीहरुको लागि अन्त्तराष्ट्रिय नर्स दिवस का अवसरमा आयोजित Oath Taking Ceremony कार्यक्रम मिति २०८१.०१.३० गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा सभाअध्यक्षको आसनबाट बि. एस्सी नशिङ्ग कार्यक्रमका संयोजक पुजा भण्डारी ज्यूले विद्यार्थीलाई सिकाईको क्रमलाई निरन्तरता दिदै  पेशा प्रतिको निष्ठा र  कर्तव्य पुरा गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा उप–प्राध्यापक सुशिल अधिकारीले विद्यार्थीले सकरात्मक सोच राख्दै लगनशिल भई इमान्दारितापूर्वक कार्य गर्नाले मात्र सफलता हासिल गर्न सकिने वताउनु भएको थियो ।
कार्यक्रममा, विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप निर्देशनालयका निर्देशक सन्तोष कुमार गुप्ता, लगायत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन साथै नेपाली कला र संंस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीद्धय अभिषेक परियार र नविना अरघार्लीले गर्नु भएको थियो ।

 

Share