News

Card image cap

Orientation and Welcome Program for 2024

2024-02-23 10:00 AM Pokhara

स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय , स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजले शैक्षिक सत्र २०८०-८१ (२०२४) मा चिकित्सा शिक्षा आयोगको स्नातक तहको प्रवेश परीक्षाबाट छनौट भई स्नातक तहका कार्यक्रमहरु  (BPharm, BScMLT, BPH, BScNursing, BPT, BNS)  मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम मिति २०८०-११-११ गते पोखरामा सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय डीन सह–प्राध्यापक डा.अमर नागिलाज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व यसै स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका निर्देशक श्री विमला भट्टज्यूले गर्नु भएको थियो । पानसमा बत्ती बाली औपचारिक कार्यक्रमको समुउद्वघाटन गर्नु भएका प्रमुख अतिथि तथा डीन डा.अमर नागिलाज्यूले विद्यार्थीहरुलाई चिकत्सिा शिक्षा आयोगको प्रवेश परीक्षा उर्तीण भई आउनु भएकोमा बधाई दिदै विश्वविद्यालयले विद्यार्थीहरुको पठनपाठनलाई प्रमुख प्राथिकतामा राखेको भन्दै विद्यार्थीहरुको सिकाईलाई प्रभावकारी बनाउन साधन स्रोतको कुनै कमी नहुने प्रतिबद्घता व्यक्त गर्नु भएको थियो । स्कूलको परिचय दिने क्रममा स्कूल निर्देशक विमला भट्टज्यूले यस शैक्षिक शत्रमा ८५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा र बाँकी १५ प्रतिशत विद्यार्थी शुल्क तिर्ने गरि भर्ना भएको भन्दै स्कूललाई जेहेन्दार तथा आर्थिक रुपमा विपन्न, अपाङ्ग, महिला, मुस्लिम,आदिवासी जनजाति, सीमान्तकृत र भौगोलिक रुपमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी शैक्षिक थलोको रुपमा बिकास गर्दै गएको र संवैधानिक रुपमा व्यवस्था गरिएको शिक्षा सम्बन्धि मौलिक हकलाई कार्यान्वयन गर्न यस स्कूल देशको शहर देखि गाउँका दूर दराज सम्म पुगि स्वास्थ्य शिक्षाको पँहुच सबैमा स्थापित गर्न सदैव प्रयासरत रहेको जानकारी दिनु भएको थियो । विद्यार्थीहरुलाई परीक्षा प्रणालीको बारेमा सह परीक्षा नियन्त्रक दिपक न्यौपानेले प्रष्ट पार्नु भएको थियो । ब्रह्मकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय पोखराबाट पाल्नु भएकी ब्रह्मकुमारी बिनिता पराजुलीले कसरी मनलाई शान्त बनाई जीवनलाई खुशी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुतिकरण दिनु भएको थियो । उत्प्रेरक वक्ताको रुपमा पाल्नु भएका नेपाल नर्सिङ्ग काउन्सिलका प्रमुख प्रा.सरला के.सी.ले स्वास्थ्यकर्मीको पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन विद्यार्थी जीवनबाट नै असल अभ्यास गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो साथै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीले कार्यक्रमलाई थप उर्जा प्रदान गर्नु भएको थियो । यसै गरी त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्ट्च्यिुटका निर्देशक प्रा. डा. बालमुकुन्द रेग्मीले विद्यार्थीहरुलाई अनुशासित रहदै सिकाईलाई निरन्तर अगाडि बढाउन प्रेरित गर्नु भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार यादव, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र का निर्देशक डा. नवराज धामी, विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप निर्देशनालयका निर्देशक सन्तोष कुमार गुप्ता लगायतका पदाधिकारीहरु, प्राध्यापकहरु, कर्मचारी तथा विद्यार्थीहरुको  उपस्थिति रहेको थियो स्टुडेन्ट क्वालिटि सर्कलको समन्वयमा प्रस्तुत गरिएका नेपाली कला र संंस्कृति झल्कने नृत्यहरुले कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाएको थियो । स्कूलमा क्रियाशील विभिन्न विषयका विद्यार्थीहरुका संस्थाहरु (PUSPA, PUBMAS, APPS,  PUPTAS) का अध्यक्ष तथा प्रतिनिधिहरुले आफ्नो–आफ्नो विधाको महत्व बारे बोल्दै नव आगन्तुक विद्यार्थीहरुलाई अनुशासित र सभ्य भई पठ्न पाठनमा लाग्न आग्रह गरेका थिए । साथै कार्यक्रमको प्रथम सत्र स्कूलका उप–प्राध्यापक अतिसम्मोदवर्धन कौण्डिन्न्यायनद्वारा सञ्चालन भएको थियो भने कार्यक्रमको दोस्रो अनौपचारिक सत्र उप–प्राध्यापक विश्वास आचार्यले गर्नु भएको थियो ।

 

 

Share